२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


वाणिज्य बैंकहरुलाई सेयर ब्रोकरको लाईसेन्स दिने धितोपत्र बोर्डको तयारी, आफुहरुले पनि पाउनुपर्ने विकास बैंकको माग


0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने भएको छ ।

बैंकलाई लाइसेन्स दिने वा नदिने भन्ने विषयमा लामो समयदेखि बहस भईरहेको थियो ।

लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएको र ब्रोकर कम्पनीहरु धेरै हुँदा प्रतिस्पर्धा बढ्नुका साथै पुँजी बजारको विकास र विस्तार हुने भन्दै बोर्डले लाइसेन्स दिने तयारी थालेको हो ।

बैंकलाई ब्रोकर लाइसेन्स दिँदा ग्रामीण भेगसम्मका सर्वसाधारणले सहज तरिकाले दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने बोर्डको अपेक्षा छ । पब्लिक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स दिने तयारी भईरहेको बताइन्छ ।

बैंकका सहायक कम्पनी र पब्लिक कम्पनीहरुबाट अवेदन माग गर्ने बोर्डको तयारी छ । उता विकास बैंकहरुले पनि वाणिज्य बैंकलाई जस्तै आफूहरुलाई पनि ब्रोकर लाइसेन्स दिन माग गरेका छन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएनका अध्यक्ष प्रद्युम्न पोखरेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई दिएको सुझावमा समेत ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख गरेको बताउनुभयो ।