
राजेश जीसी
प्यूठान । प्यूठानमा गत बैशाख १८ गतेदेखि घोषणा गरीएको लकडाउनका कारण यातायात व्यवसायी बढी प्रभावित भएकाछन् । कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभाबित भएपनि सबैभन्दा धेरै यातायात ब्यवसायी मारमा परेका हुन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले लकडाउन घोषणा गरेपछि यातायात ब्यवसायि तथा मजदुरहरु रोजगारबिहिन हुँदा अलपत्र परेका छन् ।
कोरोनाका कारण यातायात क्षेत्र प्रभाबित भएपनि सरकारले ब्यवसायीलाई राहत नदिएको र सरकारको नीति तथा कार्यक्रम नपरेको यातायात ब्यवसायी हरि खड्काको दुखेसो छ । यहि अवस्था रहे प्यूठानका यातायात व्यवसायीहरु आन्दोलन गर्नु पर्ने अवस्थामा पुग्ने उन्को चेतावनी छ ।
सरकारले गत आर्थिक बर्षमा यातायात ब्यवसायिका लागी भन्दै बैक ब्याजमा सहुलियत र ऋणको ब्यवस्था गर्ने भनेपनि कार्यान्वयन नहुँदा समस्या भएको यातायात ब्यवसायीको भनाई छ । नीजी सम्पतिलाई सार्वजनिक सेवामा रुपान्तरण गरेर सेवा दिएको भएपनि सरकारले केहि अनुदानको कार्यक्रम नल्याउदा बैकलाई सम्पती बेचेर ऋण तिर्नुपर्ने अबस्था भएको उनीहरुको गुनासो छ । बैकको ब्याज तिर्न नसक्दा ब्यवसायी सडकमा आउने अबस्था आएको व्यवसायीहरुको भनाई छ ।
लामो समयसम्म निषेधाज्ञा हुदाँ यातायात मजदुर भोकमरीको चपेटामा पर्न थालेकाछन् । कृषि, उद्योग लगायतका अन्य क्षेत्रका मजदुर काममा फर्के पनि यातायात क्षेत्रका मजदुर काममा फर्कन नपाउँदा बिचल्लीमा परेका छन् । लामो समयदेखि यातायात क्षेत्र बन्द हुदाँ मजदुरलाई दैनिकी चलाउन धौ धौ परेका छ । यातायातका साधन बन्द हुदाँ अन्य क्षेत्रमासमेत रोजगारी पाउने अवस्था नरहेको उनीहरुको भनाई छ । लकडाउनका कारण घरमै बन्दी झै बस्नु परेका कारण जोहो गरेको अन्नपातसमेत सकीएको व्यसायी को गुनासो छ ।
सबैभन्दा धेरै कर बुझाउने र लकडाउनको मारमा परेका यातायात ब्यबसायीलाई सरकारले आर्थिक प्याकेज, बैकको ब्याजमा छुट, सहुलियत पूर्ण ऋण लगायतको ब्यवस्था गरी यातायात क्षेत्रलाई पून चलायमान गराउनुपर्ने देखिन्छ । त्यसैले यातायात मजदुरका समस्यालाई सम्बोधन गर्न र राहत व्यवस्थापन गर्न अब सरकारले ढीलाई गर्नु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्