२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पहिलो विधानसभा निर्वाचनका लागि कतार सरकारद्वारा पर्यवेक्षण समिति गठन


0
Shares

एजेन्सी । कतारले आफ्नो पहिलो विधानसभा निर्वाचनको पर्यवेक्षणका लागि एक समिति गठन गरेको छ ।

आगामी अक्टोबरमा हुने विधान सभा निर्वाचनको निष्पक्षता अनुगमन गर्नका लागि समिति गठन गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

दुई तिहाइ अथवा ४५ मध्ये ३० सदस्यीय सल्लाहकार काउन्सिलका लागि मतदान हुने कतार सरकारले जनाएको छ ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीले १५ जना काउन्सिल सदस्य नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको बताइएको छ ।

प्रधानमन्त्री शेख खालिद बिन खलिफा अल थानीको निर्देशनमा गठन भएको पर्यपेक्षण समितिको गृहमन्त्रालयका अधिकारीहरुले नेतृत्व गर्ने बताइएको छ ।

कतारमा यसअघि नी स्थानीय तहको निर्वाचन भइसकेको छ । अन्य खाडी मुलुकहरुम जस्तै कतारमा पनि राजनीतिक दलहरुमाथि भने प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्री शेख खालिदले आगामी वर्ष हुने विश्वकप फुटबल अघि नै कतारमा निर्वाचन भइसक्ने बताउनुभएको थियो ।

पछिल्ला केही महिनायता कतारले संवैधानिक प्रक्रिया र वैधानिक विधिहरु अवलम्बन गरेर चुनावी प्रक्रिया अघि बढाउने जनाएको थियो ।

करिब ३० लाख जनसंख्या रहेको कतारमा १० प्रतिशत भन्दा बढी विदेशी कामदार रहेको त्यहाँको सरकारले जनाएको छ ।