
काठमाडौं । अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख बढी खोप काठमाडौं आइपुगेको छ ।
जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबइबाट कतार एयरवेजमार्फत आज काठमाडौं आइपुगेको हो ।
विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले १५ लाख ३४ हजार ८ सय ४० मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताउनुभयो । उक्त खोप बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।
जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप एक मात्रा लगाए हुन्छ । कोभ्याक्समार्फत आज अमेरिकाबाट प्रारम्भिक सहयोग स्वरुप खोप प्राप्त भएको हो । यसले नेपालका १५ लाख मानिसको जीवन रक्षा गर्ने राजदुत बेरीले बताउनुभएको छ ।
Today we're giving Nepal enough #JNJ COVID19 vaccines via #COVAX to fully vaccinate 1.5 million people. I’m proud that the U.S. is the largest single-country donor of #COVID19 assistance to Nepal. This gift, on behalf of the American people, has the singular goal of saving lives. pic.twitter.com/n2wA09q20W
— Ambassador Randy Berry (@USAmbNepal) July 12, 2021
प्रतिक्रिया दिनुहोस्