
फाइल फोटो
दाङ । दाङका धेरै स्थानमा सिँचाइका लागि पोखरी निर्माण र लिफ्टमार्फत पानी ल्याएपछि किसानहरू धेरै खुशी भएका छन् ।
पछिल्लो समय जिल्लामा बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले विभिन्न ठाउँहरूमा कृतिम जलाशय, लिफ्ट सिँचाइ योजनाहरू सुरू गरेको हो ।
जिल्लामा कृत्रिम जलाशयहरू निर्माण भएपनि पानीको स्रोत नहँदा समस्या हुनेमा पनि किसानहरू चिन्तित हुँदै आएका थिए ।
जिल्लामा अहिले ३९ हजार बढीमा धान खेती, २४ हजार बढीमा गहुँ र मकै १३ हजार बढी हेक्टरमा खेती हँुदै आएको छ ।
आयोजना सुरु भएपनि जिल्लाका अन्य स्थानमा भने सिँचाइको अभाव नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्