
तस्विर फाइल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको परमादेशलाई गोरु ब्याएको संज्ञा दिएका छन् ।
सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै थापाले राजनीतिक फैसला भन्दै कार्यान्वयनमा जटिलता आउने उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिँदै लेख्नुभएको छ, ‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो।’
उहाँले सर्वोच्चको फैसलाले देश अस्थिरतामा फस्ने खतरा समेत औँल्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्