१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्यायो– नेता श्रेष्ठ


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।

सर्वोच्च अदालतको प्रतिनिसभा विघटन गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रेष्ठले अदालतको फैसलाको स्वागत गर्नुभएको छ ।

श्रेष्ठले प्रतिगमनविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी, नागरिक आन्दोलन र आम जनसमुदायलार्य बधाईसमेत दिनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फैसला गर्दै सर्वोच्चले भोलि साँझ ६ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र साउन ३ गते अपरान्ह ५ बजेसम्म प्रतिनिनिसभा बैठक बोलाउन परमादेश जारी गरेको थियो ।