१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेद्वारा गण्डकीमा दोस्रो दिन पनि सदन अवरोध


0
Shares

पोखरा । सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेर भ्रष्टाचार गरेको भन्दै प्रतिपक्षी नेकपा (एमाले)ले गण्डकी प्रदेशसभा बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध गरेको छ ।

बजेटमाथिको छलफल हुनुपर्ने सोमबारको बैठकमा पनि एमालेले भ्रष्टाचारको विषयमा स्पष्ट पानुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो । अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक मंगलबारसम्म स्थगित गर्नुभएको छ ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तरको विषयमा स्पष्ट जानकारी नगराएसम्म सदन चल्न नदिने सांसद रामशरण बस्नेतले वताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले गरेको बजेट रकमान्तरको फेहरिस्त नआउँदासम्म सदन अघि बढ्न सक्दैन ।’

सभामुख अधिकारीले बजेटमाथिको छलफल गर्नुपर्ने र बजेट पास नहुने अवस्था आउन सक्ने भन्दै बजेट छलफलमा भाग लिन एमालेलाई आग्रह गर्नुभयो । प्रतिपक्षीेले उठाएका विषयबारे सरकारलाई बोल्न दिन पनि बैठक सञ्चलान हुन आवश्यक रहेको सभामुखले बताउनुभयो ।