२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालू अधिवेशन सोमबार मध्यराति १० बजेदेखि अन्त्य गर्नुभएको संघीय संसद् सचिवालयले जनाएको छ ।

चालू अधिवेशन अन्त्य भएसँगै बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकसमेत नहुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले प्रतिनिसभा पुनर्स्थापना गर्दै मंगलबार अपरान्ह पाँच बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिको कार्यालयलाई परामादेश जारी गरेको केहीबेरमै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्नुभएको हो ।