१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको फैसलालाई जित हारको रूपमा नलिन देउवाकाे आग्रह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन आग्रह गर्नुभएको छ ।

सोमबार अपरान्ह विज्ञप्ति निकालेर देउवाले देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको उल्लेख गर्नुभयो ।

‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ,’ देउवाले विज्ञप्तिमा भन्नुभएको छ, ‘कसैले पनि यसलाई व्यक्तिगत जितहारको विषयका रूपमा नलिइ लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।’

साथै उहाँले सर्वोच्चको फैसला ऐतिहासिक भन्दै स्वागत गर्नुभएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालार्ई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालयलाई परमादेश जारी गरेको थियो ।