
दीपक श्रेष्ठ
काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सडकमा चहलपहल बढे पनि काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल भने सुनसान नै छ । निषेधाज्ञा हटेपछि अन्यत्र सामान्य व्यापारिक गतिविधि सुचारु भए पनि ठमेलमा भने व्यापारिक गतिविधि पनि शून्य छ ।
पर्यटक र अन्तर्राष्ट्रिय उडान पर्याप्त नहुँदा ठमेलस्थित व्यापार व्यवसायमा मन्दी छाएको व्यापारीहरू बताउँछन् । ग्राहक नआउँदा पसल कुरेर बस्न मात्र बाध्य भएका उनीहरूको भनाइ छ । नेपालीहरूले केही किनमेल गरे पनि विदेशी ठप्प हुँदा व्यापार पनि ठप्प भएको ठमेल पर्यटक विकास परिषद्का अध्यक्ष राजुमान महर्जन बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्