
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले ‘बेबी बम्प’सहितका तस्वीरहरु सार्वजनिक गरेकी छिन् । तस्वीरमा प्रियंका निकै खुलेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान प्रेमिल देखिन्छन् ।

गर्भवती भएकी प्रियंकाले भर्खरै साताव्यापी रुपमा ‘बेबी सावर’ बनाएकी छिन् । कहिले परिवार, कहिले आफन्त साथीभाईसँग प्रियकांले ‘बेबी सावर’ मनाएकी हुन् । तस्वीरमा प्रियंका निकै खुशी र आकर्षक देखिएकी छिन् ।
प्रियंकाले दिनहुँ जसो आफ्नो ‘बेबी बम्प’सहितका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन् ।

गएको हप्ता उनका नजिकका साथीहरुले मिलेर ‘बेबी सावर’ आयोजना गरेका थिए । शनिवार आयुष्मानले पनि प्रियंकाको लागि काठमाडौंको एक पाँचतारे होटलमा ‘बेबी सावर’ पार्टीको आयोजना गरे ।
जसमा दुवै पक्षका परिवारका सदस्यदेखि नजिकका व्यक्तिहरुको उल्लेख उपस्थिति रहेको थियो ।
आइतवार प्रियंकाले इन्स्टामा उत्कृष्ट ‘बेबी सावर’ को आयोजना गरेकोमा श्रीमानलाई धन्यवाद दिँदै यो आफूहरुका लागि सर्वश्रेष्ठ वर्ष रहेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘हाम्रो चमत्कार र सानो राम्रो फूललाई स्वागत गर्न अब मबाट प्रतिक्षा हुन सक्दैन । तिम्रो (आयुष्मान) साथका कारण मेरो गर्भमा बढिरहेको जीवनलाई हामीले प्रेम, खुसी र नयाँ सुरुवातका लागि तयार गरेका छौं ।’



प्रतिक्रिया दिनुहोस्