
तस्विर फाइल
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एकाबिहानै कथा फुरेको छ । समाजिक सञ्जालमामार्फत थापाले ‘को जित्यो को हार्यो’ भन्दै आफुलाई लघुकथा फुरेको बताउनु भएको छ । सर्वोच्चले संसद पुन: स्थापन गरेपछि थापालाई लघुकथा फुरेको हो ।
थापा लेख्नुहुन्छ ‘एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्। ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए ।’
थापा थप्नुहुन्छ ‘अनि ‘पंच भलादमी समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ,जित्यौँ’ भन्दै सगौरव घर फर्केछन् ।
थापाले राजनीतिमा हार र जित व्यराेरेका नेताहरुकाे गतिविधिलाई लघुकथामार्फत दर्शाउन खाेज्नु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्