२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धारा ७६(५) हाम्रो विशेष प्रावधान हो, रोइलो नगरौं ! : डा बाबुराम भट्टराई


0
Shares

काठमाडौं । जनता समाजवादी दलका संयोजक बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछिको कुरा बझ्नुपर्ने बताउनु भएको छ ।

भट्टराईले हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन : त्यो भन्दा विकसित र परिमार्जित प्रणाली भएकाले सर्वोच्चको आदेशपछिको कुरा बझेर मान्नुपर्ने बताउनु भएको हो ।

भट्टराईले समाजिक सञ्जाल टुइटरमा लेख्नुहुन्छ ‘भनिन्छ- उत्तमले आफै कुरा बुझ्छ, मध्यमले अरूले भनेपछि बुझ्छ, अधमले आफु पनि बुझ्दैन,भनेको पनि मान्दैन ! सर्वोच्चको आदेश पछि कुरा बुझौं र मानौं : हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन. त्यो भन्दा विकसित र परिमार्जित प्रणाली हो।

त्यस्तै धारा ७६९५० विशेष प्रावधान भएको जिकिर गर्दै उहाँले रोइलो नगर्न पनि आग्रह गर्नु भएको छ । उहाँ लेख्नुहुन्छ ‘धारा ७६(५) हाम्रो विशेष प्रावधान हो ! रोइलो नगरौं !