१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड ६ दिनदेखि अवरुद्ध


0
Shares

पर्वत । पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत ६ दिनदेखि अवरुद्ध रहेको छ ।

पर्वतको कुश्मा नगरपालिका अर्मादी र नयाँपुलको बीचमा असार २४ गते ढुङ्गासहित आएको पहिरोका कारण बाटो अवरुद्ध बनेको हो । डोजरले बाटो खुलाउन नसकेपछि बाटो खुलाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो ।

तर विस्फोटक पदार्थ प्रयोग गरेर पनि सेनाले बाटो खुलाउन सकीरहेको छैन । वर्षा जारी नै रहेकोले पहिरो नपन्छाउन समस्या भइरहेको जिल्ला पर्वत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रोकिएपछि थप विस्फोट गराएर बाटो खुलाउने प्रयास गरीने जनाइएको छ । सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट साना सवारी साधनले साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग गर्दै आएका छन् भने ठूला सवारीहरू गुड्न नसक्दा मालबाहक सवारीहरू भने बागलुङ, म्याग्दी र पर्वतमै राकिएका छन् ।