
एजेन्सी । भारतका केही राज्यहरुमा कोरोना महामरी पुन फैलिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज आकस्मिक बैठक आव्हान गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले महामारी फैलिएका ८ राज्यका मुख्यमन्त्रीहरुको बैठक आव्हान गर्नुभएको हो ।
पछिल्लो समय आसाम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, मणिपुर, मेघालय, अरुणांचल प्रदेश र मिजोरम जिल्लामा कोरोना संक्रमण दर उच्च हुँदै गएपछी मोदीले मुख्यमन्त्रीहरुसंग छलफल गर्न लाग्नुभएको हो ।
भारतका अधिकांश जिल्लाहरुमा कोरोना संक्रमण गति कम हुँदै गएको बेल पुर्वी जिल्लाहरुमा कोरोना महामारी फैलिएपछी चिन्ता थपिएको छ ।
भारतमा कोरोना संक्रमणको तेश्रो लहर ब्यापक हुने त्रास बढिरहेको छ । महामारी फैलिएका जिल्लाहरुमा अहिले दैनिक कम्तीमा ६ हजारका दरले कोरोना संक्रमित थपिने गरेका छन् ।
भारतभर हिजो ३७ हजार १ सय बढी संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्