१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चितवन राप्तीका चेपाङहरु पहिरोका कारण समस्यामा


0
Shares

डोलराज रानाभाट

चितवन । लगातारको वर्षाले चितवनको राप्ती नगरपालिका वडानम्वर १२ र १३ का चेपाङहरुको बारीमा पहिरो खस्यो । पहिरोले घर समेत बगाउँदा मानविय क्षेती समेत व्यहोर्नुपर्यो । कतै खानेपानीको पाइपनै बगाएको छ । मकै पाक्ने वेलामा पहिरोले पुरेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले चेपाङहरुलाई सताउन थालेको छ । भएको अन्नपात सखाप बनाएपछि कसरी परिवारको लालनपालन गर्ने भन्नेमा सानुमाया चेपाङ रनभूल्लमा परेकीछन् ।

६ महिना अनिकाल र ६ महिना सहकाल व्यहोर्दै आएका यहाँका चेपाङहरु गत वर्षदेखिको कोरोना महामारी र विभिन्न समयको लकडाउनले टाढा टाढा काम गर्न जान नपाउँदा समस्या परेका छन् । जेनतेन जंगलको कन्दमुल खाएर पेटपालो गर्दे आएका उनीहरु अहिले भएको अन्नपातसमेत बगाएपछि संकटमा परेको बताउनुहुन्छ राप्ती १३ का वडाअध्यक्ष सुर्यवहादुर प्रजा ।

कोरोना र लकडाउनले उकुशमुकुश यहाँका चेपाङहरु पहिरो समेत शत्रु बनेपछि थप बिलखबन्दमा परेका छन् । साउनेसंक्रान्तिमा चामलकै भात खानुपर्ने मान्यता चेपाङहरुमा छ । खाद्यन्न समेत सकिएको अवस्थामा गामवेशी चेपाङ संरक्षण केन्द्रको समन्वयमा नेपाल हेल्प नामक संस्थाले १२ र १३ का झण्डै ३ सय ५ चेपाङ घरधुरीलाई खाद्यन्न सहयोग गरेको संस्थाका कार्यकारी दिर्नेशक कृष्ण ढकालले बताउनुभयो ।

यता खाद्यान्न सहयोग पाउने भएपछि यहाँका चेपाङसमूदायमा पनि खुशीयाली छाएको छ । नजिकीदै गरेको साउने संक्रान्ति ढुक्कले मनाउन पाउने भन्दै उनीहरु खुशी भएका हुन् ।

जसोतसो चाडपर्व पनि दाताकै भरमा मनाउन पाएपनि त्यसपछि कसरी जीवन धान्ने होला भन्ने चिन्तामाछन् उनीहरु । कहिले खाद्यान्न संकट त कहिले बिभिन्न समस्याले झेलीदै आएका चेपाङहरुको लागि सरकारले बिषेश योजना बनाएर उनीहरुले बर्षेनी झेल्दै आएको समस्यालाई निराकरण गरी दिए यहाँका चेपाङ समूदायकालागि त्यहि उत्तम हुने थियो ।