
काठमाडौं । सुदूरपश्चिमको समृद्धिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेतीको आयोजनाका लागि दिएको आश्वासनमा फेरि तुषारापात भएको छ ।
प्रधानमन्त्री ओलीले २०७५ फागुन ७ गते डडेल्धुरामा पश्चिम सेती परियोजना सम्पन्न गर्ने आश्वासन दिनु भएको थियो । पश्चिम सेतीको सपना साँचेका सुदूरपश्चिमबासीलाई चार दशकदेखि नै पटकपटक मुलुकका कार्यकारी शासकहरूले आश्वासन दिने गरेका छन् ।
यस वर्ष पनि बजेटमा डिपिआर तयार पार्ने भनिए पनि ओली आफैँ बर्हिगमन भएपछि बहुप्रतिक्षित आयोजना भाषणमा सीमित हुने स्थानीयको बुझाइ छ । बझाङ्ग बैतडी डोटी डडेल्धुरालगायतका जनता ठूला पूर्वाधार विकास निर्माण कार्यबाट आफूहरू वञ्चित हुनुपर्दै आएको बताउँछन् ।
सरकार परिवर्तनसँगै पाँचौं पटक प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवा पनि यसै क्षेत्रका हुनुहुन्छ । उहाँले निर्वाचनमा व्यक्त गरेको प्रतिबद्धता अब पूरा गर्ने हुन् कि आशामा यस क्षेत्रका जनता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्