
बर्दिया । हुलाकी राजमार्ग अन्तर्गत बर्दिया–कैलाली जोड्ने कर्णाली सत्तीघाट पुलको उत्तरी भागमा रहेको तटबन्धको ग्याबिन भासिएको छ । निरन्तरको वर्षा र बाढीले एकतर्फी दवाव दिँदा पुलवाट उत्तरतर्फको भागमा ५० मिटर ग्याबिन भासिएको हो ।
ग्याबिन भासिएपछि तटबन्ध भत्केर पानी बस्तीमा पस्ने खतरा बढेको छ । ग्याबिन भासिएको बारे हुलाकी राजमार्ग निर्देशनालय र विभागमा जानकारी गराइसकेको आयोजना कार्यालय नेपालगञ्जका प्रमुख गागल बहादुर भण्डारीले जानकारी दिनुभयो ।
असार १२ गते भासिएको कर्णाली सत्तीघाट पुलको तटबन्ध पुर्ननिमार्णपछि सञ्चालनमा आएको छ । सत्तीघाट पुलकोे स्थायी समाधानका लागि पुलमा एक स्पान थप गर्ने भनिए पनि कन्सलटेन्टलाई जिम्मा दिएको काम अध्ययनकै क्रममा रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक रोहित कुमार बिसुरालले जानकारी दिनभयो ।
प्रतिक्रिया दिनुहोस्