
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भए पनि सर्वोच्चको परामादेशबाट आफू हट्नुपरेको बताउनुभयो । यद्यपि सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता नरहेको उहाँको भनाइ छ ।
‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ,’प्रधानमन्त्रीबाट बाहिरिँदै गर्दा देशवासीको नाममा गरिएको सम्बोधननमा उहाँले भन्नुभयो, ‘जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो, परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खलबलिएको बताउनुभयो । फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उहाँकोभ भनाइ छ ।
ओलीले आफ्नो पार्टी सर्वोच्च अदालतको फैसला पालनाका सम्बन्धा स्पस्ट भएको बताउनुभयो । ‘यो फैसलाको समयले अग्नीपरीक्षा लिँदै जानेछ, राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बलिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, फैसला पालनाका सम्वन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु ।’
प्रतिक्रिया दिनुहोस्