१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने देउवाको अडान


13
Shares

काठमाडौं । संविधानको धारा नै उल्लेख नगरी नियुक्त गरिएका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने अडान लिनुभएको छ ।

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्च अदालतको असार २८ गतेको परमादेशअनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको भन्ने उल्लेख छ । जसमा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन ।

राष्ट्रपतिको कार्यालयले संविधानको धारा नै उल्लेख नगरी आफ्नो नियुक्तिलाई असंवैधानिक बनाउन खोजेको भन्दै देउवाले मुख्यसचिव शंकरदास बैरागीलाई नियुक्ति नसच्चिएसम्म शपग्रहण नगर्ने बताउनुभएको देउवानिकट एक नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।

आफूलाई संविधानको धारा ७६ (५) अनुसार नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिको कार्यालयबाट असंवैधानिक नियुक्ति दिन खोजिएको भन्दै देउवाले शपथग्रहण गर्न असहमति जनाउनुभएको देउवानिकट नेताले बताउनुभयो ।

नियुक्तिको जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिपछि साँझ ६ बजे हुने भनिएको शपथग्रहण समारोह अझै सुरु हुन सकेको छैन ।

यस्तो थियो राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको विज्ञप्ति