
एजेन्सी । क्युवामा सरकार विरोधी गतिविधि बढ्न थालेको छ । देशका विभिन्न स्थानमा सरकारको विरोधमा विभिन्न प्रदर्शनहरु हुन थालेका छन् ।
प्रदर्शनकारीका गतिविधि अराजक भएको भन्दै सुरक्षाकर्मीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ । शवाना शहरमा भएको प्रदर्शनका क्रममा प्रहरीको कारवाहीमा एक जनाको मृत्यु भएसँगै आन्दोलन थप चर्किएको आन्तरिक मन्त्रालयले जनाएको छ ।
आथिक असमनाता भएको भन्दै सर्वसाधारणले सरकारको आलोचना गर्दै देशव्यापी प्रदर्शन थालेका हुन् ।
कोरोना भाइरसको महामारीका कारण मुलुकमा थप आर्थिक संकट आएपनि त्यसको समाधाका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै सर्वसाधारणले विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यता सरकारले भने आन्दोलनमा घुसपैठ भएको दावी गरेको छ । अमेरिकाले प्रतिबन्ध लगाएपछि पछिल्लो समय क्युवामा आर्थिक संकट थपिँदै गएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्