
एजेन्सी । पाकिस्तानविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला इंग्ल्यान्डले क्लिन स्विप गरेको छ ।
गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले श्रृंखला ३–० ले जितेको हो ।
बर्मीङ्घममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनायो । उसका लागि कप्तान बाबर आजमले १ सय ५८ रनको शतकीय इनिङ्स खेले ।
मोहमद रिजवानले ७४ रन जोडेभने इमाम उल हकले ५६ रनको योगदान दिए । बलिङतर्फ इंग्ल्यान्डका ब्रेडन कार्सेले ५ तथा सकिब मोहमुदले ३ विकेट लिए ।
जवाफमा ३ सय ३२ रनको फराकिलो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । इंग्ल्यान्डको जितमा जेम्स भिन्सको १ सय २ रन तथा लेविस ग्रेगोरीको ७७ रन महत्वपूर्ण रह्यो ।
पाकिस्तानका हरिस राउफले ४ विकेट लिए । अब इंग्ल्यान्ड र पाकिस्तानबीच भोलिबाट तीन खेलको ट्वेन्टी ट्वेन्टी श्रृंखला हुनेछ ।
प्रतिक्रिया दिनुहोस्