१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली प्रदेश सरकारको अनुदान कार्यक्रममार्फत दुई सय ४० कृषकले ऋण लिए


0
Shares

काठमाडौ‌ । कर्णाली प्रदेश सरकारले सुरु गरेको कृषि ऋणमा व्याज अनुदान कार्यक्रममार्फत दुई सय ४० जना कृषकले ऋण लिएका छन् ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको यो कार्यक्रममार्फत दुई सय ४० जनाले ऋण लिएका हुन् ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक कृषि, पशुपालन र जडिबुटी उत्पादन गर्ने किसानहरुले यो ऋण पाउने व्यवस्था कार्यक्रममा गरिएको छ ।

ऋण उपलब्ध गराउनका लागि सरकारले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक र कृषि सहकारी संस्थासँग सम्झौता गरेको छ।

किसानले आफ्नो व्यवसाय प्रवद्र्धन गर्न उक्त बैंक र सहकारी संस्थाहरुबाट सहुलियत ऋण लिन पाउने र त्यसको व्याज प्रदेश सरकारले तिरिदिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।