२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


माथिल्लो तामाकोसीको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो


0
Shares

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

दोलखाको विगू गाउँपालिका लामाबगरमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले जनाएको छ ।

अब हरेक १५ दिनमा अर्को युनिटबाट बाँकी ४ वटा युनिट क्रमशः उत्पादन गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युत् गृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पु¥याइएको छ ।

त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००–२२० केभी सवस्टेसनमा पु–याइएको छ ।

न्यू खिम्ती सवस्टेशनमा माथिल्लो तामाकोसीसँगै ५४ मेगावाटको लिखु खोलाको विद्युत्समेत जोडिएको छ ।