२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बीपी प्रतिष्ठानको आन्दोलनमा ऐक्यबद्धता जनाउन गोविन्द केसी धरानमा


0
Shares

सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्धको आन्दोलनमा सहभागिता जनाउन डा. गोविन्द केसी धरान आउनुभएको छ ।

एक महिनादेखि प्रतिष्ठान शुद्धीकरण अभियानको आन्दोलन थालेका यहाँका चिकित्सक, नर्स र कर्मचारीहरुको आन्दोलनलाई हौसला प्रदान गर्न केसी धरान आउनुभएको हो ।

बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले आर्थिक अनियमिताा गरेको, प्रतिष्ठानलाई सहि ढंगले संचालन गर्न नसकेको र पदिय आचारण विपरित भ्रष्टाचार गरेको भन्दै यहाँका चिकित्सक, नर्स र कर्मचारीहरुले आन्दोलित छन् ।

प्रतिष्ठान सुधारको माग राखेर आन्दोलन थालेका चिकित्सक, नर्स र कर्मचारीहरुको हौसला प्रदान गर्न र प्रतिष्ठान सुधार गर्न सरकारलाई दबाब दिने उद्देश्यले आफु बीपी प्रतिष्ठान आएको डा. केसीले बताउनुभयो ।

डा. केसीले आन्दोलनरत चिकित्सक, नर्स र कर्मचारीहरुलाई भेटेर प्रतिष्ठानको अबस्थाका वारेमा जानकारी लिने र २ बजे प्रतिष्ठान सुधारका लागि आफ्नो धारण सार्वजनिक गर्ने कार्यक्रम रहेको बीपी प्रतिष्ठान शुद्धिकरण अभियान आन्दोलन संर्घष समितका संहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिनुभयो ।

संर्घष समितिले बुधवार आन्दोलनकारीहरुका जायज मागलाई २४ घण्टा भित्र पुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिका संयोजक डा. सुर्यप्रसाद रिमालले सरकारले शुक्रवारसम्म माग पुरा नभए शुक्रवारदेखि आकस्मिक, कोभिड र परिक्षा बाहेकका अन्य कामकाज ठप्प पारेर आन्दोलनलाई सशक्त पार्ने चेतावनी दिनुभएको छ ।