
धरान । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका मजदुरहरुलाइ रहात बितरण गर्नुभएको छ ।
आज धरान १० स्थित नारायण चोकमा बिकले ३० मजदुरहरुलाइ राहत सामग्री बितरण गर्नुभएको हो ।
बिकले ३० मजदुरहरुलाइ चामल, दाल, तेल, नुन, न्युटेला लगायतको खाद्य सामाग्री प्रदान गर्नुभएको हो ।
सरकाले कोरोना महामारीका कारण लकडाउन गरेपछि कामविहिन बनेका मजदुरहरुलाई केही राहत मिलोस भन्ने उद्देले राहत वितरण गरेको बिकले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्