१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तामझामका साथ बालुवाटारबाट निस्किए ओली, स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै निस्कियो र्‍याली


39
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट पदच्युत गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट तामझासहित बाहिरिनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगैं ओली बालुवाटारबाट बाहिरिनुभएको हो ।

ओलीलाई युथ फोर्सले तामझामसहित निजी निवास बालुवाटारबाट स्कर्टिङ गर्दै बालकोट लगेकाे हाे । ओलीलाई युथफोर्सको मोटरसाइकल र गाडीले स्कर्टिङ गरेको छ ।

हिजो मात्रै सांसद महेश बस्नेतले ओलीलाई हजारौं मोटरसाइकल र गाडीले स्कर्टिङ गर्ने बताउनुभएको थियो ।

स्कर्टिङमा उत्रिएका कार्यकर्ताहरूले हातमा राष्ट्रिय झण्डा बोक्नुका साथै ‘आई लभ यू केपी बा’, ’केपी ओली जिन्दावाद’, ‘हामी छिट्टै फर्कन्छौँ’ जस्ता नारा लगाएका थिए ।

कोरोनाको यस महामारीमा अरु क्षेत्रमा स्वास्थ्य मापदण्ड लगाइए पनि ओलीलाई लिन गएकाहरुमाथि कुनै रोकतोक लगाइएको थिएन ।