
सुनसरी । डाक्टर गोविन्द केसीले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्धको आन्दोलनमा सहभागी हुने बताउनुभएको छ ।
आन्दोलनमा सहभागी हुन डा. केसी बुधबार धरान पुग्नुभएको छ । एक महिनादेखि प्रतिष्ठान शुद्धिकरण अभियानको आन्दोलन थालेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने केसीले बताउनुभयो ।
वीपी प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डाक्टर गुरु खनाल, रजिष्ट्रार डाक्टर मोहनचन्द्र रेग्मी र निर्देशक डाक्टर गौरीशंकर साहले आर्थिक अनियमिता गरेको, प्रतिष्ठानलाई सही ढंगले सञ्चालन गर्न नसकेको र पदीय आचारण विपरित भ्रष्टाचार गरेको भन्दै यहाँका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा छन् ।
प्रतिष्ठान सुधार गर्न सरकारलाई दावाव दिने उदेश्यले आफू प्रतिष्ठान आएको डाक्टर केसीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्