५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


स्वार्थसमेत नमिल्ने गठबन्धनको दीगोपनमा आशंका


0
Shares

एलबी विश्वकर्मा
काठमाडौं । ६ महिना भन्दा लामो खिचातानी र संघर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । ओलीको बहिर्गमन र देउवाको सत्तारोहणसँगै गठबन्धन सरकारको आयुमाथि पनि बहस हुन थालेको छ ।

एक महिनाभित्रै संसदबाट विश्वासको मत लिनु देउवाका लागि चुतौतीपूर्ण भएको राजनीतिक विश्लेषक कृष्ण खनाल बताउनुहुन्छ । प्रतिनिसभा पुनर्स्थापनाबाहेक अन्य काम गर्ने योजनाका साथ बनेको गठबन्धन नभएकाले यसको आयु पनि छोटै हुनसक्ने उहाँको भनाइ छ ।

आफ्नो स्वार्थसिद्धका लागि पनि केही व्यक्तिहरु लागेको आरोप पनि लाग्ने गरेको छ । ती व्यक्तिहरुका कारण पनि गठबन्धन कमजोर पर्नसक्ने राजनीतिक विश्लेषक कासिन्द्र यादव बताउँछन् । राजनीतिक पृष्ठभूमि र विचारको तौरतौरिकाका साथै स्वार्थसमेत समान नभएकाले गठबन्धन दीगो नहुने उहाँको भनाइ छ ।

सरकारले सत्ता र गठबन्धन जोगाउन कोरोनाको खोप सबै स्थानमा सहजै पुर्याउनुपर्ने र संवैधानिक नियुक्ती हेरफेर गरेर अघि बढ्नुपर्ने राजनीतिक विश्लेषक सुझाव उनको छ । विश्वासको मत प्राप्त गरी अघि बढ्नु, खोपको व्यवस्थापन गर्नु र अघिल्लो सरकारले भद्रगोल पारेका विषयवस्तु मिलाउनु देउवा सरकारको चुनौती हुने उहाँको भनाइ छ ।

नयाँ चुनौतीको सामना, कोरोना कहरको रोकथाम र पुराना गल्ति सुधार गर्ने बाटोमा देउवाले कदम चाल्नु पर्ने विश्लेषकहरूको तर्क छ ।

यसअघि पनि कांग्रेस र माओबादी मिलेर पटक-पटक सरकार गठन भएका छन् । त्यसबेला देउवामाथि लोकतन्त्रका मूल्य र मान्यतामाथि प्रहार गर्ने काम गरेको आरोपहरु लागेका थिए । के देउवा र प्रचण्डले ती गल्ति सच्यार अघि बढ्लान् ?