१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै, लामो दुरीको यातायात खुलाउनेबारे छलफल हुने


0
Shares

काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको (सिडिओ) बैठक आज बस्दै छ ।

बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सन्चालनका सम्बन्धमा छलफल हुने बताईएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुने बताउनुभयो ।

स्रोतका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिने संभवना छ ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।