१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्दै


0
Shares

Sherbahadur deuba cabinet

काठमाडौ‌ । मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजे का लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।

संसद्‌ अधिवेशन आव्हानलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेकोे सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ । संसद्‌ अधिवेशन आइतबारसम्म बोलाउन सर्वोच्‍च अदालतले आदेश दिएको छ ।

नयाँ सरकार गठन भएपछि यो दोस्रो बैठक हो भने यसअघि गएको मंगलबार पहिलो मन्त्रिपरिषद्को बैठक बसेको थियो ।