२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माधव नेपाल र विप्लवबीचको भेटवार्तामा टुप्लुक्क पुगे प्रचण्ड


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको हो । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

त्यही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाल निवास कोटेश्वर पुग्नु भएको छ । चार जना नेताहरुबीच भेटवार्ता भएकाे छ । भेटवार्तापछि सामूिहक तस्वीर खिचेर फेसबुकमार्फत सार्वजनिक गरिएकाे छ ।

तीन नेताबीच के कुरा भएको भन्ने विवरण त आइसकेको छैन तर भेटको पुष्टि भने दाहालको सचिवालयले गरेको हाे ।

बुधबार मात्र दाहाललाई भेट्नुभएका विप्लवले आज नेपालसँग समेत भेट गर्नुभएको हो । हिंसात्मक बाटो त्यागेर मूलधारको राजनीति गर्न प्रतिवद्धता जनाएर शान्तिप्रक्रियामा आउनुभएका चन्द केही समय मौन झै रहनुभएको थियो ।

सरकारबाट एमाले अध्यक्ष केपी ओलीको बहिर्गमन भएसँगै चन्द एकाएक राजनीतिक परिदृष्यमा देखिनुभएको छ र भेट बढाउनुभएको छ ।

उहाँले बुधबार दाहालसँग पूर्वमाओवादी घटकहरुबीच एकता गर्नुपर्ने प्रस्ताव राख्नुभएको पनि बताइएको छ । दाहालले पनि कम्युनिष्ट एकताको पक्षमा बोलिरहनुभएका बेला यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।