२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धरानमा २३ करोड लागतमा स्मार्ट बसपार्क बनाइँदै


0
Shares

धरान । सुनसरीको धरानमा स्मार्ट बसपार्क बन्ने भएको छ । बजारको बीच सडक भानुचोकबाट बसपार्क सञ्चालन हुदै आएको धरानमा सुविधा सम्पन्न स्पार्ट बसपार्क बन्ने भएको हो ।

बसपार्क निर्माणकालागि धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसंग उपमहानगरले सम्झौता गरेको हो ।

उपमहानगर प्रमुख तिलक राईले ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको बताउनुभयो । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो ।

बसपार्क २३ करोड १५ लाख रुपैयामा निर्माण हुनेछ । प्रमुख राईले उपमहानगरपालिकाले लामो समयदेखि थाँती रहेको योजनालाई सम्झौता गरेर अगाडि बढाएको र समयमै काम सम्पन्न हुने बताउनुभयो ।