१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोटरसाइकल दुर्घटनामा जनप्रतिनिधिको मृत्यु


0
Shares

इलाम । इलाममा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।

इलामको माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ –४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकबाट इलामतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । उनको उपचारका क्रममा झापाको बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।