२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पहिरोबाट म्याग्दीका ८३ घर भत्किए


0
Shares

म्याग्दी । म्याग्दीमा बाढी, पहिरो र कटानले ८३ घरमा क्षति पुगेको छ । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीका ८३ घर भत्किएका हुन् ।

थप १२ घरमा आंशिक क्षति पुगेको छ भने १ सय ४४ घर उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएको जानकारी दिनुभयो ।

पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले ९ लाख ६० हजार रुपैया र मृतक २ जनाका परिवारलाई ३ लाख रुपैया उपलब्ध गराएको छ । पहिरोबाट विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन र सामूहिक टहरा बनाएर बसेका छन् ।