१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजस्व अनुसन्धान विभागद्धारा मुद्दा दायर


0
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा बिलबिजक बनाई कारोबार गर्ने विभिन्न फर्म तथा कम्पनीविरुद्ध मुद्धा दायर गरेको छ ।

कम्पनीले नक्कली तथा झुटा बिल बिजक बनाई कारोबार गर्ने विभिन्न फर्म तथा कम्पनीविरुद्ध ७१ करोड रकम मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

विभागले मालवस्तु खरिद तथा आयात नगरी बिल बिजक मात्रै देखाई तथा विभिन्न फर्म तथा कम्पनीका नाममा बिल जारी गरि राजस्व ठगी गरेको ठहर गरेको छ ।

विभागले सर्लाही जिल्लाको मनिराज सप्लायर्सले नक्कली बिल बिजक बनाई कारोबार गरेको आरोपमा ४१ करोड ५१ लाख विगो मागदाबी सहित विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

विभागले कम्पनीविरुद्ध ४१ करोड ५१ लाख जरिवाना र कैद मागदाबी सहित मुद्धा दायर गरेको हो । यस्तै रौतहट जिल्लाको शिव ट्रेडर्स र अल्का सप्लायर्स सँग २५ करोड ३५ लाख जरिवाना र कैद मागदाबी सहित विशेष अदालत पाटनमामा मुद्धा दायर गरेको छ ।