१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालिजपालन गर्दै काभ्रेमा चार युवा, सरकारले निर्यातकाे अनुमति नदिँदा समस्या


0
Shares

काभ्रे । तीन वर्षअघि चार युवाले जङ्गलमा झैँ प्राकृतिक वातावरण तयार पारी आफ्नै जग्गामा व्यावसायिक कालिज पालन सुरु गरे ।

५ रोपनी क्षेत्रफलमा ३५ वटाबाट सुरु गरिएको कालिज फर्ममा अहिले ६ सय भन्दा बढी रिङनेट जातका कालिज रहेका छन् । जङ्गलमा पाइने कालिजको व्यावसायिक पालननका लागि दाना भन्दा पनि घाँसमा जोड दिएको नासिका वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालिका अध्यक्ष नवराज तिमिल्सिना बताउनुहुन्छ ।

‘कालिजको लागि हामीले दानामा भन्दा बढी जोड घाँसमा दिने गरेका छौं,’ उहा भन्नुहुन्छ, ‘रातिको समय बत्ती बालिदिँदा त्यहाँ आएका किराहरु पनि कालिजले खान्छ, जङ्गलकै जस्तो नभए पनि ब्रोइलर झैँ पनि हुँदैन ।’

एउटा पोथी कालिजले एक सिजनमा ७० देखी ७५ वटा सम्म फुल पार्दछ । नासिका वाइल्ड एण्ड क्याटल प्रोडक्टले अहिलेसम्म ८ हजार चल्ला उत्पादन गरेर बेचेको छ भने ५ हजार माउ कालिज विक्रि गरेको छ । ६ सय रुपैयाँदेखि १२ सय रुपैयाँसम्ममा चल्ला विक्रि हुने गरेको छ ।

यस्तै माउ कालिजको ३ हजार रुपैयाँसम्म पर्दछ । उत्पादन गर्न सके बजारमा कुनै समस्या नरहेको अध्यक्ष तिमल्सिना बताउनुहुन्छ । भारत लगायत विभिन्न देशबाट समेत उच्च संख्यामा कालिजको माग भए पनि सरकारले अनुमति नदिएको अध्यक्ष तिमल्सिनाको गुनासो छ ।

पछिल्लो समय युवाहरु स्वदेशमानै केहि गर्नुपर्छ भन्ने उदेश्यका साथ फरक फरक क्षेत्रमा लागिरहेका छन् । उनीहरुलाई प्रोत्साहन गर्न सरकारले पनि आवश्यकता अनुसार सक्दो साथ दिनु आवश्यक देखिन्छ ।