
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेट भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबमा भएको भेटमा नेपाल र इजरायलबीचको सम्बन्ध र कोभिड–१९ को सन्दर्भमा एकजुटताको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।
देउवा प्रधानमन्त्री भएसँगै अमेरिकाका राजदूत र्याण्डी बेरी र भारतीय राजदूत विनयमोह क्वात्राले बधाई एवं शुभकामना दिएका छन् ।
Ambassador of the State of Israel H.E. Mr.Hanan Goder paid a courtesy call on the Rt. Hon. PM @DeubaSherbdr at the latter's office today. During the meeting, matters relating to Nepal-Israel relations & solidarity in the context of COVID-19 were discussed.@PaudyalBR @sewa_lamsal pic.twitter.com/LcRw2EjrPj
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 15, 2021
प्रतिक्रिया दिनुहोस्