१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दक्षिण अफ्रिकामा २० हजार सेना परिचालन


0
Shares

एजेन्सी । निरन्तर प्रदर्शन र हिंसाका घटना बढ्न थालेसँगै दक्षिण अफ्रिकामा २० हजार भन्दा बढी सेना परिचालन गरिएको छ ।

पूर्व राष्ट्रपति ज्याकुब जुमा कारागार चलान भएसँगै उहाँका समर्थकले दिनहुँ गरेको प्रदर्शनका क्रममा चोरी, लुटपाट र आगजनीका घटना बढेको भन्दै त्यसलाई नियन्त्रणमा लिन सेना पचिालन गरिएको हो ।

सर्वसाधारणका प्रदर्शनहरु हिंसात्मक हुन थालेसँगै सेनाले गस्ती बढाएको छ । हालसम्म २२ सय भन्दा बढी प्रदर्शनकारीहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मुख्य शहरमा मात्र केन्द्रीय रहेका प्रदर्शनहरु विस्तारै अन्य शहरमा पनि फैलन थालेपछि नियन्त्रणका लागि सेना परिचालन गरेको सरकारी अधिकारीहरुको दावी छ ।