
काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले ओलीप्रवृत्ति हिट्लरी नाजीवाद र फासीवादसंग मिल्दोजुल्दो भएको टिप्पणी गर्नु भएको छ ।
समाजिक सञ्जाल टुइटरमा लेख्दै भट्टराई त्यस्तो टिप्पणी गर्नु भएको हो । ‘आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद र फासीवादसंग मिल्दोजुल्दो छ,’ उहाँले लेख्नुहुन्छ ‘जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो ।’
साथै भट्टराईले ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्मको जात्राले पनि पुष्टी गरेको बताउनु भएको छ ।
‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ !,’ भट्टराईले भन्नुभयो ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ !’
प्रतिक्रिया दिनुहोस्