
एजेन्सी । तालिवानी विद्रोहीले अफगान सरकारको नियन्त्रणमा रहेका ७ हजार कैदीबन्दी रिहा गर्न माग गरेको छ ।
तालिवानीले तीन महिना युद्धविराम गरेर भएपनि कारागारमा रहेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गरेको हो । तर सरकारी अधिकारीहरुले भने तालिवानीले समस्या समाधानका लागि ठूलो माग राखेको बताएका छन् ।
तालिवानीको उक्त प्रस्तावप्रति सरकारले हालसम्म कुनै प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी सेना स्वदेश फिर्ता हुन थालेपछि तालिवानी विद्रोहीले आफ्ना सशस्त्र गतिविधिलाई तीव्र पारेका थिए ।
गत वर्ष वार्ताका क्रममा अफगान सरकारले पाँच हजार भन्दा बढी तालिवानी लडाकूहरु रिहा गरेको थियो । रिहा भएकामध्ये अधिकांश लडाकू पुन सशस्त्र हिंसामै संलग्न भएको सरकारी अधिकारीहरुको अनुमान छ ।
अफगान सेनाले देशव्यापी रुपमा तालिवानीका गतिविधि नियन्त्रणका लागि प्रयास भइरहेको जनाएको छ । तर विद्रोहीले आफूहरुलाई ठूलो सफलता मिल्दै गएको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्