७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बालबालिकामा नयाँ भेरियण्टको आशंका


0
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ८ चुवामा १२ जना बालबालिका कोरोना संक्रमित भएका छन् ।

जिल्लाभर बालबालिका संक्रमित दर कम भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकै पटक १२ जना बालबालिका संक्रमित भएका हुन् ।

१३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित भएको वडाध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

रुघाखोकी, जरो, लगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको बताइएको छ ।

बालबालिका धमाधम संक्रमित भएकाले यो नयाँ भेरियण्ट हुनसक्ने आशंका गरिएको बताउनुभएको छ ।

पर्वतमा संक्रमणको यो घटना तेस्रो लहरको संकेतका रुपमा व्याख्या गरेपनि भेरियण्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो ।

चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय संक्रमित रहेका छन् ।