२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाँचथरका कृषि बालीमा फौजी किराको प्रकोप, किसानलाई भोकमरीको चिन्ता


0
Shares

काठमाडौं । पाँचथरको कृषिबालीमा फौजी किराको प्रकोपले सताएपछि किसान चिन्तित बनेका छन् ।

जिल्लाका अधिकांश स्थानको मकै बाली फौजी किराले सखाप पारेपछि कोरोनाको महामारीले आर्थिक अवस्था खस्किएका किसानलाई भोकमरीको चिन्ता थपिएको छ । मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरिरहेको हिलिहाङ– ४ सिबुवाका कृषक हरिप्रकाश सुवेदीले बताउनुभयो ।

पछिल्लो समय जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । जिल्लाको फिदिम नगरपालिका, मिक्लाजुङ गाँउपालिका, तुम्बेबा गाँउपालिका, कुम्माय र हिलिहाङ गाउँपालिकामा यो प्रकोप देखा परेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

सबै क्षेत्रमा फौजी किराको प्रकोप बढेपछि यसको नियन्त्रणका लागि विभिन्न विषादीहरूको प्रयोग गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो ।