
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू आवेग र उत्तेजनामा नआउने बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएकाले आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभयो ।
राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने उहाँको प्रतिबद्धता छ ।
उहाँले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने उल्लेख गर्दै कार्यान्वयनमा जान अघि बढ्ने बताउनुभयो । बैठकमा वामदेव गौतमसहित माधव नेपाल पक्षका नेताहरू उपस्थित छैनन् ।
असार २८ गतेको सर्वोच्च अदालको फैसलाले ओलीले गरेको प्रतिनिसभा पुनर्स्थापित गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्