१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हेलम्बु–३ का वडाध्यक्षद्वारा राजीनामा


13
Shares

किरण थापा
सिन्धुपाल्चोक । जिल्लास्थित हेलम्बु गाँउपालिक वडा नम्बर ३ का अध्यक्ष छिरिङ लामाले गाँउपालिकाको पर्यटन विकास तथा संस्कृति संरक्षण विकास समितिको प्रमुख पदबाट राजीनामा दिनुभएको छ ।

गाँउपालिकाबाट धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकासमा गाँउपालिकाको पूर्ण सहयोग प्राप्त नभएको भन्दै लामाले पदबाट राजीनामा दिनुभएको हो ।

राजीनामा पत्रमा उल्लेख गरिएको छ, ‘पर्यटन र संस्कृति क्षेत्रमा उल्लेख्य अवसरहरू रहँदा–रँहदै पनि गाँउपालिकाको पूर्ण सहयोग प्राप्त हुन नसकेकोले कुनै पनि कार्म गर्न सकिएन ।’

लामालाई २०७५ जेठ ९ गते गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सो पदको जिम्मेवारी दिनुभएको थियो ।

वडाध्यक्ष लामाको राजीनामासँगै वडा कार्यालय सञ्चालनको लागि समेत कार्यबाहक तोक्नुभएको छ । आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै लामाले साउन १ गतेदेखि भदौ मसान्तसम्म दुई महिनाका लागि वडा सदस्य दमाइसिं तामाङलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिनुभएको हो ।