१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद् बैठकका लागि कोभिड परीक्षण, सभामुखद्वारा स्थलगत अवलाेकन


0
Shares

काठमाडौं । साउन ३ गते बस्ने प्रतिनिधिसभा बैठका लागि सांसद्हरूले कोभिडको एन्टिजेट परीक्षण गराएका छन् ।

संघीय संसद् सचिवालयले बैठकमा उपस्थिति हुनेहरूका लागि कोभिडको एन्टिजेन परीक्षण्का लागि बिहान ११ बजदेखि दिउँसो ४ बजेसम्म समय तोकेको थियो । सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।

अहिलेसम्म प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहाल लगायत सत्तापक्ष र प्रतिपक्षका सांसद्हरूले परीक्षण गरिरहेका छन् । यसअघि शुक्रबार बिहान सभामुख अग्नीप्रसाद सापकोटाले बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा सभाकक्षको स्थलगत अवलोकन गर्नुभएको थियो ।

असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो तीन गते दिउँसो चार बजे बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार आइतबार दुवै सदनको बैठक बस्दैछ ।