
रौतहट । रौतहटमा बिहीबार राति दलित महिला बलात्कृत भएकी छन् ।
देबाही गोनाही नगरपालिका–१ निवासी ४० वर्षीय राकेश राउत कुर्मीले सोही ठाउँ निवासी दलित महिला बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको मौका पारेर कुर्मीले ज्यान लिने धम्की दिएर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय देबाही गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो ।
बलात्कारपछि फरार कुर्मीको खोजी भइरहेको लम्सालले बताउनुभयो । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
एक साताअघि महिला बलात्कारको आरोपमा सोही नगरपालिका–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहा पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्