
काठमाडौं । बृहत् नागरिक आन्दोलनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेको जनाएको छ ।
बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको जनाएको हो ।
बृहत् नागरिक आन्दोलनले जोखिमयुक्त जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न र बालुवाटारलाई पार्टीका नेता तथा कार्यकर्ताको आश्रय, विश्राम तथा भेटघाट स्थल नबनाउन ध्यानाकर्षण गराएको छ ।
कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले शुक्रबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बालुवाटारमा बोलाउनुभएको छ ।
यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पनि नेकपा (एमाले)का हरेक बैठक, भेला तथा गोेष्ठी बालुवाटारमै गर्दै आएको थियो । ओली सरकारमा रहँदा पार्टीका सबै बैठकहरू बालुवाटारमा नै बस्ने गर्थ्यो ।
प्रतिक्रिया दिनुहोस्