
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ ।
दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी र पूवपदाधिकारीहरूको बैठक केहीसमय अघिबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको आसन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेस महाधिवेशनका लागि असार मसान्तसम्म क्रियाशील सदस्यता टुंगो लगाइसक्नुपर्ने भए पनि अझैपनि १२ जिल्लाम क्रियाशील सदस्यता विवाद छ ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवा बालुवाटार सर्नुभएको थियो । पार्टीको बैठक बालुवाटारमा बोलाएर देउवाले पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको भन्दै आलोचना हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्